punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावलले पेस गरे दाबी

Chaupati
safha napa

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावलले दाबी पेस गरेका छन् ।माओवादी  र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर एमाले संसदीय दलका नेता रावलले दाबी पेस गरेका हुन् ।

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो। पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमतिअनुसार उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले समर्थन गरेको बताए।

मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन भए पुग्छ।


२७ पुस २०७९, बुधवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु