कञ्चनपुरमा श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान् पक्राउ

धनगढी । कञ्चनपुरमा श्रीमतीको कुटपिटपछि मृत्यु भएको छ भने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।
दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।
कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृत्युपछि श्रीमान रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
३२ असार २०८३, बिहीवार १२:०१ बजे प्रकाशित































