punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीबाट भीम भण्डारी सुदूरपश्चिममा सभामुखको उम्मेदवार

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।

नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।


२७ पुस २०७९, बुधवार १५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु