Churya gapa
Churya gaupalika
Churya

टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १४ जना दोषी ठहर, सात जनालाई सफाइ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ । अदालतले मंगलबार उनीहरूविरुद्ध संगठित रूपमा ठगी गरी राज्यविरुद्धको अपराध गरेको ठहर गर्दै फैसला सुनाएको हो ।
अदालतले यसै मुद्दामा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिएको छ । दोषी ठहर हुनेहरूमा रायमाझी र खाँणसहित, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र टेकनारायण पाण्डे लगायत रहेका छन् ।


२४ असार २०८३, बुधवार १२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु