punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गणतन्त्र नेपाली जनताले प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो : मुख्यमन्त्री शाह

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र नेपालीले जनताले प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ ।

१९औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापना केवल शासन प्रणाली परिवर्तन नभई जनताको सार्वभौम अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको बताउनुभयो।

वि.सं. २०६५ साल जेठ १५ गते स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको उहाँको भनाइ छ।

मुख्यमन्त्री शाहले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। साथै परिवर्तनका पक्षमा उभिने राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण जनताप्रति सम्मान व्यक्त गर्नुभयो।

उहाँले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र सीमापार व्यापारका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्नुभयो। भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले प्रदेशलाई व्यापार र लगानीको केन्द्र बन्ने अवसर प्रदान गरेको उहाँले बताउनुभयो।

प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले आत्मनिर्भर र समुन्नत सुदूरपश्चिम निर्माणका लागि संघ, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। विकासका लागि सबैको साझा प्रयास अपरिहार्य हुने उहाँको भनाइ थियो। सम्बोधनको अन्त्यमा मुख्यमन्त्री शाहले गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक सद्भाव कायम राख्दै समृद्ध नेपाल निर्माणमा एकजुट हुन सबैलाई आह्वान गर्नुभयो।

उहाँले गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, समावेशी विकास र सामाजिक न्यायप्रति थप प्रतिबद्ध बन्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।


१५ जेठ २०८३, शुक्रवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु