संघीय संसदको दुवै सदनको बैठक बस्दै , आज अर्थमन्त्रीले प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल (प्रिबजेट छलफल) आज पनि जारी रहने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । साथै उक्त छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।

बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन्  । यसैगरी राष्ट्रियसभाको बैठक पनि आज दिउँसो सवा १  बजे बस्दैछ । राष्ट्रिय सभाको बैठकमा पनि यिनै कार्यसूची छन् ।


५ जेठ २०८३, मंगलवार ०९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु