Churya gapa
Churya gaupalika
Churya

सशस्त्र प्रहरी बलको तालिममा रहेका ७ जना जवान बेहोस

कैलालीमा सशस्त्र प्रहरी बलको तालिममा रहेका ७ जना जवान बेहोस भएका छन्।

शुक्रबार बिहान कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा सात जना जवान बेहोस भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार बेहोस भएका मध्ये ५ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत लगिएको छ। दुई जनाको अवस्था भने सामान्य भइसकेको छ।


८ जेठ २०८३, शुक्रवार १२:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु