गृहमन्त्री खाँण कार्यकारी प्रधानमन्त्री, कार्यवाहक सभापतिमा खड्का
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा रहने समयका लागि सरकार र पार्टीको कार्यकारी जिम्मेवारी बाँडेका छन्।
देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन्। यस्तै पार्टीको कार्यवाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।
तीन दिने भ्रमणका लागि शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएसँगै राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिएको जनाएको छ।

१८ चैत २०७८, शुक्रवार १६:१८ बजे प्रकाशित































