देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८ सय ३५ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।
आज ७५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।
नेपालमा हाल १५ वटा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्। जसमा संखुवासभा, भोजपुर, सोलुखुम्बु, चितवन, दोलखा, नुवाकोट, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान र बाजुरा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्।
१८ चैत २०७८, शुक्रवार १७:४१ बजे प्रकाशित































