punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपचारकै क्रममा वीर अस्पतालमा अस्ताए गणेश नेपाली

Chaupati
safha napa

काठमाडौं । आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वीर अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि उनको निधन भएको हो।

यसअघि अस्पतालले पत्रकार सम्मेलनमार्फत उनको अवस्था अत्यन्तै नाजुक रहेको र उपचारका बाबजुद जुनसुकै बेला थप जटिलता आउन सक्ने चेतावनी दिएको थियो। नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग आगलागीबाट जलेको थियो। विशेषगरी अनुहार र श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेकाले उपचार निकै चुनौतीपूर्ण बनेको चिकित्सकहरूको भनाइ थियो। उनलाई वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा राखेर विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार गरिएको थियो।

उनको उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको थियो। टोलीमा प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवाका अनुभवी स्वास्थ्यकर्मीहरू सहभागी थिए। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेपछि उपचारकै क्रममा मृत्यु भएको हो।


२६ असार २०८३, शुक्रवार १२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु