punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘अब धनगढी दौडिन्छ’ चैत २६ गते

Chaupati
safha napa

‘अब धनगढी दौडिन्छ’ को आठौं संस्करण यही चैत २६ गते शनिबारका दिन आयोजना हुने भएको छ । नयाँ वर्षको उपलक्षमा हरेक वर्ष वैशाख १ गते हुँदै आयोजना प्रतियोगिता यस वर्ष चैत २६ गते हुने  आयोजकले जनाएको छ ।
धनगढीमा शुक्रबार धनगढी जेसिजले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ ।

धनगढी जेसिसका अध्यक्ष भुवन पाण्डेले चुवाव लगायत विभिन्न कारणले यस वर्ष प्रतियोगिता अघि सार्नु परेको बताए ।
‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता यस वर्ष ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ को रुपमा हुने भएको छ ।
धनगढी रंगशालाबाट शुरु हुने दौड प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने बताए ।

प्रतियोगितामा २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र सञ्चार, ५ किलोमिटर महिला र विद्यार्थी तथा ट्राइसाकल रेस आयोजना हुने जनाइएको छ ।
दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।

यसैगरी कर्पोरेट र सञ्चार र महिला तथा विद्यार्थीतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि रजिष्ट्रेशन शुल्क ३ सय (टिसर्ट सहित) र विद्यार्थीका लागि रजिष्ट्रेशन शुल्क २ सय (टिसर्ट सहित) निर्धारण गरिएको छ ।
यसका साथै सहभागी धावक मध्ये गोला प्रथाबाट एकजना भाग्यशाली धावकलाई आकर्षक उपहार प्रदान गरिने समेत आयोजकले जनाएको छ ।


१८ चैत २०७८, शुक्रवार १६:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु