स्थानीय निर्वाचनका विषयमा काँग्रेस कैलाली र महिलासंघबीच अन्तरक्रिया
आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गरी नेपाली काँग्रेस कैलाली र नेपाल महिला संघ बिच शनिबार धनगढीमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा कैलाली जिल्ला कार्यवाहाक सभापति भिम बडुवाल, जिल्ला सचिव केशव मिश्र र नेपाल महिला संघका विभिन्न तहका विभिन्न पदमा रहेका महिलाहरुसंग अन्र्तक्रिया गरेका छन् ।
सभापति बडुवालले स्थानीय निर्वाचनमा सबै क्षेत्रमा विजय गराउन महिलाहरुको महत्वपूर्ण भूमीका रहेको रहेको बताएका छन । साथै उनले स्थानीय निर्वाचनमा टिकट वितरण गर्दा सबैको सुझाव अनुसार नै निर्णय हुने बताएका छन । कार्यवहाक सभापति वडुवालले हालै सम्पन्न भएको जिल्ला अबिधेशनमा नेपाली काँग्रेसका सबै कार्याकर्ता विजय भएको र त्यसको मनमुटाव कसैलाई नराख्न अनुरोध गरेका छन ।
कार्यक्रममा महिला दिदिबहिनिहरुले यस्तो कार्यक्रम पहिलो चोटी भएकोमा खुसी व्यक्त गरेका थिए । यस्ता कार्यक्रम टोलस्तरसम्म लैजानु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव मिश्रले गरेका थिए । सचिव मिश्रले कसैलाई गुनासो भए पार्टी कार्यालयमा राख्ने र सार्वजनिक ठाउँमा नराख्न अनुरोध गरेका थिए । नेपाली काँग्रेस कैलालीको सबै भातृ संस्था अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
१२ चैत २०७८, शनिवार १२:४६ बजे प्रकाशित































