सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने
कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज तेस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ ।
कैलाली उद्योग वाणिज्य संघका अनुसार आज गायक चक्र बम, चेतन बोहरा, मोडेल रुबिना अधिकारी र सितल शर्मा मुख्य आर्कषण रहेका छन् । राति ८ बजेसम्म सञ्चालन हुने महोत्सव महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा जारी महोत्सवमा हिजो दोस्रो दिन गायिका रचना रिमाल,रेखा जोशी र गायक चेतन बोहराले आफ्ना प्रस्तुति दिएका थिए ।सुदूरपश्चिम महोत्सव चैत्र २० गतेसम्म सञ्चालन हुने छ ।
१२ चैत २०७८, शनिवार १३:२२ बजे प्रकाशित































