सांसद यशोदा सुवेदीले भनिन्, ‘ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाका पाना च्यात्नु पर्छ’

ललितपुर : नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले धार्मिक अन्धविश्वासलाई मलजल गर्ने ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाका पाना च्यात्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाले छाउ प्रथा जस्ता धार्मिक अन्धविश्वासलाई जोगाइराखेको भन्दै सांसद सुवेदीले ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाका पाना च्यात्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । आज मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले स्वस्थानी र ऋषी पञ्चमी ब्रत कथाले छाउ प्रथालाई मजबुद बनाइराखेको जीकिर गरिन् ।

छाउ प्रथाजस्तो कुरीति र कुसंस्कार भत्काउन नेपाल सरकार, गृह मन्त्रालयले थालेको छाउगोठ भत्काउने काम स्वागतयोग्य भएको बताउँदै सांसद सुवेदीले भनिन्, ‘बारीका ढिकमा भएका छाउगोठ भत्काएरमात्रै के गर्नु ? के गाउँ, के शहर, के पूर्व, के पश्चिम सबैतिर कुनै न कुनै रुपमा छाउ प्रथा कायमै छ ।

मान्छेका मन मस्तिष्कबाट छाउगोठ भत्काउन सरकार, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रयास जरुरी छ । जसले छाउसंग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस् ।’


२८ माघ २०७६, मंगलवार १२:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु