समाज रूपान्तरणमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका : सभामुख थापा
सुदुर पश्चिम प्रदेशका सभामुख अर्जुन थापाले समाज रूपान्तरणमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने गरेको बताएका हुन ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले ९ औ विश्व रेडियो दिवस २०२० को अवसर पारेर आज धनगढीमा आयोजना गरेको रेडियो र विविधता सम्बन्धी अन्तरक्रियामा वोल्दै सभामुख थापाले जनताको सबै भन्दा सहज र सरल सञ्चार माध्यम रेडियो भएकाले भ्रामक सूचना प्रसारण गर्न नहुने बताए ।
उनले रेडियो एफएम र टिभिलाई व्यवस्था बनेको विधेयकलाई प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरिसकेको विषयलाई ठुलै रूपमा लिनै नहुने बताए । सरकारले ल्याएको विधेयक आउनु स्वाभाविक भएकाले सबैसँग छलफल नगरी विधेयक दर्ता नहुने समेत बताए ।
सरकारले अगाडी सारेको समृद्धिको यात्रामा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चार माध्यमहरूको सरकार प्रतिको दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका हुन ।
सञ्चार माध्यमले समाजमा सकारात्मक सन्देश दिनुपर्ने भन्दै अझै सामुदायिक रेडियोको समुदाय प्रतिको दायित्व सकारात्मक र प्रभावकारी हुनुपर्ने बताए ।अहिले रेडियो मार्फत यहाँ रहेका विभिन्न किसिमका भाषा कला संस्कृतिको रडियो माध्यमबाटै जोड दिन सक्ने बताए ।
२८ माघ २०७६, मंगलवार १२:१९ बजे प्रकाशित