आत्महत्या र सामाजिक संजालको भूमिका

आत्महत्यालाई विश्वका धेरै देशको कानुनले निषेध गरेको छ । विश्वमा प्रत्येक बर्ष करिब १० लाख मानिसले आत्महत्या गरेको तथ्यांक रहेको छ । मृत्युको पहिलो कारण हृदयघात हो भने पन्ध्रौं नम्बरमा आत्महत्या पर्छ । अर्थात् दैनिक २ हजार ८ सय, प्रति ४० सेकेण्डमा १ जना ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकले भन्छ९ आत्महत्या गर्नेमा १५ देखि ४४ बर्ष उमेरका रहेका छन् भने पुरुषको संख्या महिलाको तुलनामा धेरै छ । जुन संख्या दिनानुदिन बढिरहेको छ । एउटा मानिसको जीवनकालमा २० पटकसम्म आत्महत्याको सोच निर्माण हुनसक्छ । यो तात्कालिन विक्षिप्त अवस्थाको नतिजा हो ।

मनोविदहरूका अनुसार प्रत्येक २४ घण्टामा ७४ हजार सोच निर्माण हुन्छन् र ती मध्ये विकसित मुलुकका नागरिकमा बढीमा १५५ र अविकसित मुलुकका नागरिकमा ३ देखि ५५ मात्र सकारात्मक सोच निर्माण हुन्छ । व्यक्तिको जन्मघर, आर्थिक र शैक्षिक अवस्था स्कुल, कलेज, साथी, संगत र समाजको वातावरण अनुसार सोच निर्माण भएको हुन्छ । अनि त्यही सकारात्मक सोचले बाँकी नकारात्मक सोचलाई परास्त गर्न सकुञ्जेल व्यक्ति सही मार्गमा हुन्छ । अन्यथा विवेकहीनताले प्रस्रय पाउँछ  र जे जस्तो पनि पारिवारिक वा सामाजिक प्रभाव पार्ने गर्छ ।

व्यक्तिमा जब एकपछि अर्को नकारात्मक सोचले मस्तिष्कलाई प्रभाव पार्न थाल्छ, तब ऊ विषयगत प्रतिकारमा उत्रन्छ र हत्या वा आत्महत्या जे पनि गर्नसक्छ । तात्कालिन वातावरण लागू अौषध, मादक पदार्थ सेवन वा एक्लोपन ,एकान्तले तत्काल नकारात्मक कर्मको नतिजा दिन प्रेरित गर्छ ।
व्यक्तिको मानसिकता अनुसार नै सामाजिक प्रतिष्ठा, पारिवारिक आर्थिक अवस्था र असफलता र त्यसको कारकतत्वसंग लड्न, हत्या र आत्महत्या दुबै नकारात्मकभावमा प्रेरित गर्छ ।

तत्काल सिर्जित हुने नकारात्मक आवेगले दिने नतिजा हत्या वा आत्महत्या हो । हत्या पश्चात् तत्काल आत्महत्याका घटना उग्र आवेगसंगै पश्चाताप पनि हो । धेरैजसो घरायसी झगडामा एकले अर्कोलाई हत्या गरेपछि आत्महत्या गरेको धेरै उदाहरण छन् । त्यो केहो भने मार्ने ९हत्या ० गर्ने नियत थिएन र होइन तर तत्कालको नकारात्मकभावले उत्पन्न गरेको आवेग वा विक्षिप्तताले दिएको नतिजा हो । कानुनी सजायँ र सामाजिक जवाफको सामना गर्नुभन्दा जीवनकै उन्मुक्तिलाई सही ठान्ने नकारात्मक आवेगको परिणाम हो ।

आजभन्दा करिब एकदशक अघि पूर्वी अमेरिकाको एउटा नेपाली परिवारमा साथी छिमेकीहरूको भेटघाट ९साँझको खाना० थियो । एक सामान्य कुरामा श्रीमतीले अरूको अगाडि दुर्वाच्य प्रयोग गरिन्, श्रीमान् त्यसको कुनै प्रतिवाद नगरी आफ्नो कोठामा गई झुण्डिएर आत्महत्या गरे । इगो अर्थात् नकारात्मकभावले तत्काल उत्पन्न गरेको आवेग थियो । तर, यो कुनै नियत वा लामो समयको मानसिक तनाव पनि थिएन, तर तत्काल उत्पन्न भएको नकारात्मक सोचको प्रतिफल थियो । केही पल मात्र धैर्यता वा उक्त कुरालाई बेवास्ता गरेको भए अर्को पक्षले माफी माग्ने अवसर हुन्थ्यो र अप्रिय घटना हुन पाउने थिएन ।

माथि उल्लेख भएझैं आत्महत्या नकारात्मक सोचको कारण मात्र भने होइन पनि भन्ने कुरो उच्च विवेक र आर्थिक रुपमा सम्पन्न जापान ९१०३०, दक्षिण कोरिया ९१४३०, अमेरिका ९१३५० जना प्रतदिन आत्महत्या गर्छन् । नेपालमा पछिल्लो तथ्यांक अनुसार २० जनाले आत्महत्या गर्छन ।

लालच, मानवीय अवगुण, स्वभाव, विश्वको सबै प्राणीमा हुन्छ । पद, प्रतिष्ठा, सम्पत्ति विलासिताको चाहना सबैमा हुन्छ । तर जापान, कोरिया जस्ता विकसित देशमा भने निजी स्वार्थ, सपना, पारिवारिक, सामाजिक कारण भन्दा बढी लामो समय विविध रसायनयुक्त प्रकृतिको ,कार, स्टिल, प्लास्टिक पेन्ट आदि काममा लाग्दा लामो समयसम्म एक्लो जीवन विताउने कारण विक्षिप्त हुने, कमजोर हुने कारणले अन्य देशमा भन्दा बढी आत्महत्या हुने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ ।

तर, हाम्रो नेपाली समाजमा भने धेरैजसो आर्थिक, बेरोजगारी, सामाजिक पद प्रतिष्ठा, वियोग, असफलता पारिवारिक समस्यालाई समाजले के भन्छ भन्ने कारणको नकारात्मक मानसिकताले गर्दा दैनिक हत्या र आत्महत्या वृद्धि भइराखेको छ । अभाव, निराशाले पनि नकारात्मकभाव उत्पन्न भइ आत्महत्यालाई प्रेरित गरेको देखिन्छ ।

त्यसको बाबजुद हाम्रो समाजको द्यग्ीीथ्क्ष्ल्न् ९धम्की, अचाक्ली गाली, डर देखाउने, डाट्ने बैंकको धम्की, प्रहरीको डर० ब्द्यग्क्भ् ९दुरुपयोग, बच्चा , महिला९पुरष, घरेलुु कामदारको दमन, मानसिक, शारीरिक यातना आदि० म्भ्एच्भ्क्क्क्ष्इल् ९अति मानसिक चिन्ता ० लगायत एक्लोपन वा समाजले एक्ल्याउने प्रबृत्तिले पनि आत्महत्यालाई दुरुत्साहित गरेको छ । हाम्रो समाजको द्यग्ीीथ्क्ष्ल्न् प्रबृत्ति ज्यादै गैर जिम्मेवारी रहेको छ । जसका कारण अति चिन्ता र डरको कारण मानिसलाई चितामा पुर्‍याउने गरेको छ । भनिन्छ नि चिन्ता ले चितामा पुर्‍याउँछ, त्यसैगरी द्यग्ीीथ्क्ष्ल्न् ब्ीक्इ म्च्क्ष्ख्भ् एभ्इएीभ् त्इ क्ग्क्ष्ऋक्ष्म्भ् भनिन्छ समाज सचेत हुनुपर्छ ।

कतिपय आत्महत्या खासगरी हाम्रो जस्तो ऋण काढेर घिऊ खानेू मानसिकता अर्थात् अर्कोले घर बनायो, गाडी किन्यो, प्रगति गर्यो, चर्चा कमायो, त्यो देखेर उसलाई पछ्याउँदै ऊसँग आफूलाई दाँज्दै नकारात्मक कर्म वा सम्झौता गरेर अर्को शब्दमा भन्नुपर्दा९आफ्नो हैसियत नभए पनि प्रतिस्पर्धा गर्न समाजमा झुठ, आडम्बर, धुर्त्याइँपूर्वक आफूलाई प्रस्तुत गर्ने मानसिकता छ । जब कुनैदिन झुठ र आडम्बरको पर्दा खस्छ, तब समाजलाई जवाफ दिनुपर्ने त्रासले आफ्नो बदनाम अनि अपमान हुने डरले आत्महत्या गर्नेहरूको कमी छैन । आत्महत्याको पछाडि सामाजिक परिवेशको ठूलो भूमिका देख्न सकिन्छ ।

हाम्रो जस्तो नकारात्मक र परपीडक मानसिकताले ग्रस्त समाजमा कसले के भन्ला रु के जवाफ दिने रु भन्ने मनोविज्ञानले आत्महत्यालाई हौस्याएको देखिन्छ । अति महत्वाकाँक्षा, आशक्ति, आडम्बरलाई प्रस्रय दिइरहँदा अचानक आइपर्ने असफलताको पीडालाई तमासा बनाइदिने अविवेकी सामाजिक प्रबृत्ति आत्महत्याको दुरुत्साहनको मूल कारक बनेको हुन्छ । हाम्रो समाज अरूको निजी मामिलालाई सार्वजनिक तमासा बनाइदिने असहिष्णु गैर जिम्मेवार र आवेगी विषयको धरातलमा पुग्न कोशिस नै नगरी तत्काल देखिएको केही कुरोको वा एकपक्षीयलाई मात्र हेरेर आफ्नो धारणा बनाइहाल्छ र प्रतिक्रियामा उत्रिन्छ ।

यो एउटा खतरनाक सामाजिक प्रबृत्ति ९ब्त्त्क्ष्त्ग्म्भ्० हो । जसले व्यक्तिलाई आत्महत्या गर्न दुरुत्साहित मात्र गर्छ र पीडक र पीडित दुबै प्रति असहिष्णु बन्छ । व्यक्तिगत वा घरायसी ९श्रीमान्रश्रीमतीको० विवाद चुल्हो र बिस्ताराबाट शुरु भएको हुन्छ, जहाँ तेस्रो पक्षको पहुँच हुँदैन भने त्यहाँ हस्तक्षेप गर्ने वा अनुमानको भरमा धारणा बनाउने अनुसन्धानकर्ता देखि मठाधिश बन्ने सोच कति मुर्खतापूर्ण हुन्छ रु हाम्रो समाजले अझै आफ्नो चेतनाको स्तरमा वृद्धि गर्न सकेको छैन । आपत र विपद आइपर्छन्  जसलाई पनि आत्तिनुहुन्न, भित्तोमा टाउको ठोक, कमण्डलु बोक्न मञ्जुर गर, नाङ्गो खुट्टा हिंड्न राजी होऊ ।

बुझ जिन्दगी आखिर के पो छ र रु खोजी खाने र रोजी खाने वर्ग बिचको संघर्ष नै त हो दुई किनार मध्ये एक किनार रोज । गौतम बुद्धको देशका नागरिक पो हौ तिमी । घर छोड, परिवार छोड, सत्कर्म रोज, बनवास जाऊ तर हत्या र आत्महत्या नगर, विकल्प अनेक छन् ।

चिकित्सकहरूले आत्महत्यालाई मानसिक स्वास्थ्य समस्याकै रुपमा लिन्छन् । कानुनत स्दण्डनीय छ, प्रयास गर्दागर्दै बच्यो भने तापनि आत्महत्या गर्छ । हुन त आत्महत्या नियोजित हुँदैन, तात्कालिन अवस्थाले उसको मन मस्तिष्कलाई पारेको नकारात्मकभावको कारण लिने निर्णयले निर्धारण गर्ने गर्छ । तर पनि व्यक्ति, परिवार र समाजको अवस्था हेरेर आत्महत्यालाई न्युनिकरण गर्न सकिन्छ । सर्वप्रथम त सामाजिक वातावरण अर्को सदस्यको लागि हमेशा सकारात्मक र प्रेरणादायी हुनु अनिवार्य हुन्छ ।

अर्काको व्यक्तिगत र निजी विषयमा चासो र धारणा राख्नु मुर्खता हो भन्ने विश्वास बोकेको समाज निर्माण हुनुपर्छ, कानुनी भन्दा पनि सामाजिक संत्रासले धेरैले आत्महत्या गरेका छन् । अर्काको निजी मामिलामा कानुनसम्मत अनुरोध बाहेक हस्तक्षेप गर्ने, साक्षी बन्ने, वकालत गर्ने जस्ता हाम्रो सामाजिक प्रबृत्ति घातक छ, यो अब परिवर्तित हुनुपर्छ ।

कुनै कालखण्ड थियो९जहाँ चौतारीमा मुखियारचौतारिया बस्थे र जता ठूलो आवाज र धेरै संख्या हुन्थ्यो त्यसकै पक्षमा निर्णय हुन्थ्यो । जसलाई एक प्रकारको अविवेकी जंगली कानुन भनिन थालियो र अनुसन्धान अधिकारी, कानुन, प्रहरी, अदालत, न्यायाधीश र जेलको विकास भयो, ताकि निष्पक्ष रुपमा न्याय सम्पादन होस् ।

तर हाम्रो समाजको मानसिकता र सोच भने अझै उही छ । सुनेको र आफ्नो अनुमानको आधारमा धारणा बनाउँछ र त्यसैलाई सही हो भनेर, कुतर्कहरू गरेर समाजलाई प्रदुषित गरिरहेछ । कहिले हट्ने होला हाम्रो नकारात्मक र परपीडक सोच रु अर्काको पीडालाई गैर जिम्मेवारपूर्वक तमासा बनाउने असहिष्णु मानसिकता हाम्रो समाजले त्यागेको दिन हत्यारआत्महत्यालाई रोक्न वा न्युनिकरण गर्न सकिन्छ ।

आफ्नो योग्यता, दक्षता र क्षमता अनुसारको आर्थिक, सामाजिक, पारिवारिक वा व्यक्तिगत व्यवहारमा प्रस्तुत हुनुपर्छ भन्ने मान्यताको सामाजिक वातावरण बन्नुपर्छ । झुठो, आडम्बरी र धुर्त्याइँपूर्ण हाम्रो सामाजिक प्रबृत्तिलाई त्याग्नुपर्छ । यो भनाइहरू म आफ्नै सामाजिक परिवेश लक्षित गरेर भनिरहेको छु । किनभने समाज अनुसार आत्महत्याको कारणहरू फरक देखिन्छन् । जस्तै माथि उल्लेख गरेझैँ जापान, कोरिया, अमेरिकाहरूमा आत्महत्या गर्ने कारण हाम्रो भन्दा फरक छन् ।

हाम्रो समाजमा आत्महत्याको घटनाहरू प्रायः भीडले धकेलेर ९द्यग्ीीथ्क्ष्ल्न्० हुने गरेको देखिन्छ, आफूलाई भन्दा सामाजिक प्रबृत्तिलाई हेरेर आफैंलाई दण्डित गरेको स्पष्ट देख्न सकिन्छ । समाजमा उपस्थित हुनुभन्दा पहिले आफ्नो वास्तविक धरातल के हो रु र, म आफ्नै क्षमताले यो बाटोमा कहाँसम्म पुग्न सक्छु रु म को हुँ रु यो किन गरिरहेको छु रु आत्ममूल्यांकन गर्ने गराउने अवस्था समाजमा हुनुपर्छ ।

स्वदेश र विदेश हामी जहाँ छौं प्रत्येकले विवेकपूर्ण जिम्मेवार भएर सामाजिक दायित्व निर्वाह गर्नेरगराउने हो भने हत्या, आत्महत्या जस्तो क्रुर मानसिकतालाई न्युनिकरण गर्न सकिन्छ । गहन कुरो के हो भने आत्महत्या समस्याको समाधान होइन, प्रत्येक समस्या समाधानको विकल्प हुन्छ । लामो समयसम्मको शारीरिक अस्वस्थता, एकै विषयको आशक्तिको कारण तनाव, अरूबाट सहयोगको अपेक्षा र निराशा आदिले मानिसलाई कमजोर बनाएको हुन्छ ।

कसैमा लामो समयसम्म पारिवारिक बिछोड वा वियोग, नोक्सानी, एकपछि अर्को बिरामी, विभिन्न पीडा र असफलता आइलाग्ने हुन्छ । यी सबै र केही विषयले केही न केही कारण जीवनको परीक्षामा अल्झाइराखेको हुन्छ । यस्तो अवस्थामा धैर्यता, साहस र उच्च आत्मबल राखे मात्र सफल हुन सकिन्छ । आज दिन खराब थियो, तपाईं खराब देखिनुथियो, भोलि राम्रो समय आउनेछ, हिजोलाई सबैले भुल्नेछन्, टाढिएकाहरू नजिक हुनेछन्, हिजो तपाईंलाई खराब भन्नेहरू माफि माग्ने हुन्छन् ।

हमेशा मनमनै सोचिराख्नुस् कि यो दुनियाँमा दुस्ख, पीडा, धोका, अपमान, नोक्सान, अभाव र वियोग भोग्ने९व्यहोर्र्ने तपाईं मात्रै एक्लो र पहिलो होइन, लाखौंरकरोडौं छन् । हिजो थिए भोलि पनि हुनेछन्, यी सबै जीवनको एउटा अर्को पाटो हो र यो क्षणिक हुन्छ । हजारौं, लाखौं कैदी बिसौं तिसौं बर्षको जेल जीवन पछि निर्दोष सावित भएका छन् । डाक्टरले माया मारेको बिरामी रोग निको भएर पुनर्जीवन पाएका छन्, सडकबाट महलमा पुगेका र महलबाट सडकमा झरेका कथा सुन्दै र भोग्दै आएका छौं । कोही जेल बसेर महान साहित्यकार, दार्शनिक, गीतकार, कलाकार र नेता बनेका छन् ।

चर्चित कलाकार अभिनेतृ श्रीषा कार्कीले घर, परिवार र समाजदेखि डराएर आत्महत्या गरिन्, तर अर्की एक चर्चित नायिकाको त्यस्तै प्रकृतिको श्रव्यदृश्य बाहिरियो, उनले त्यसलाईबेवास्ता गर्दै धैर्यतापूर्वक आफूलाई सम्हालिन् , आज समाजले उच्च सम्मान दिएको छ र कलाकारितामा अझ धेरै सफलता हासिल गरिन् । जिन्दगीमा कहिल्यै हरेस खानु हुँदैन, श्रृष्टिकर्ताले कुनै एकलाई पूर्णता दिएर पठाएका छैनन्, कमी कमजोरी नभएको र पीडा नभोग्ने कोही हुँदैन । सबैसँग विश्वास उठ्यो रु यो जिन्दगी कसैको पेवा होइन, तपाईंको आफ्नो हो ।

एक्लै जन्मनुभयो, मर्नु एक्लै छ, कुनै मोडमा कतै सहयात्री, साथीको सम्बन्ध स्थापित भयो, तर प्रतिकुल भयो त के भयो रु एक्लै हिंड्नुस्, रमाउनुस् । दोष, आरोप, सल्लाह, सुझाव दिने अनेकौं हुन्छन् तर आफ्नो अन्तरात्मालाई साक्षी राख्नुस्, मनलाई सुन्नुस् । आफ्नो लागि आफैं चिकित्सक, आफैं सल्लाहकार र प्रेरक बन्नको लागि जुनसुकै कारणबाट उत्पन्न मानसिक पीडा, अपमान, अपहेलना, आरोप र तनावलाई परास्त गर्न सकिन्छ ।

पहिले एकान्तमा अविरल आँसु झार्नुस्, मिले चिच्याएर रुनुस्, आँसु रित्याउनुस् अनि नुहाएर मुस्कुराउँदै बाहिर आउनुस् । यसरी कि देख्नेहरूले दयाभाव होइन, ईर्ष्या गरुन् । आँसुको भेल बगेपछि मन शान्त हुन्छ, आवेग मर्छ र त्यसपछि सकारात्मक सोच उत्पन्न हुन्छ । उपयुक्त समयमा योग, ध्यान गर्नुस्, प्रवचन सुन्नुस्, आध्यात्मिक र प्रेरक पुस्तक अध्ययन गर्नुस्, मनोरञ्जनका लागि गीत सुन्ने, फिल्म हेर्ने र अनुकूल स्थानमा भ्रमण ९स्थान परिवर्तन० गर्नुस् । जसबाट तत्काल तनावमुक्त हुन सकिन्छ ।

प्राकृतिक चिकित्सा र स्वास्थ्यबर्द्धक खानेकुराले सकारात्मक भाव उत्पन्न गर्छ । तसर्थ तनावपूर्ण अवस्थामा धुम्रपान, मध्यपान र लागुऔषध सेवन नगर्ने । हाम्रा पुर्खाले भन्ने गर्थें मर्नु भन्दा त बहुलाउनु जातीू । यसको निकै गहन अर्थ छ ९अर्थात् मर्नु ९आत्महत्या गर्नुहुन्न ० हुन्न, विकल्प छ भन्न खोजिएको हो । जिन्दगीको अर्को नाम संघर्ष हो, जसले संघर्ष गर्यो उसले जीवन बाँच्यो, उसले जीवन जित्यो, उकाली९ओरालीको अनुभूति त गर्नैपर्छ ।

हमेशा चिन्तन्९मनन् गर्नुपर्ने कुरा के हो भने९ प्रत्येक मानिस अलग कर्म, भाग्य र भूमिकाको लागि जन्मेको हो । प्रत्येकको अलग सोच छ, एकै अभिभावकले हुर्काएको सन्तान, एकै शिक्षकले पढाएको, एकै पुस्तक पढेका विद्यार्थी सबै एकैनासका हुँदैनन् । तसर्थ आफूसँग जे९जस्तो उपलब्ध छ, जे९जस्तो अवस्था छ त्यसैलाई धैर्यतापूर्वक सहजताले लिनुपर्छ । सृष्टिकर्ताले कसैलाई पनि पूर्ण हुने सुविधा दिएका छैनन् । राजा९महाराजा, धनाढ्य वा सर्वसाधारण सबैको आ९आफ्नै दुस्ख, पीडा र अभाव हुन्छ ।

आँशुविहिन को छ र यो दुनियाँमा  आँशुको महत्त्व बुझौं, आँसु मनको मैलो पखाल्न र मस्तिष्कको आगो निभाउनका लागि हो, यसको प्रयोग गरौं र आवेगलाई शान्त पारौं । साथै अब आउने असल र सुखद दिनको प्रतिक्षा गरौं, आत्महत्याको कल्पना पनि नगरौं, अगाडि धेरै राम्रो छ, जीवन का प्रशस्त सम्भावना र विकल्प छन्, कृपया १ धैर्य गरौं । ीक्ष्ँभ् क्ष्क् ब् द्यभ्ब्ग्त्क्ष्ँग्ी व्इग्च्ल्भ्थ् इँ क्त्च्ग्न्न्ीभ् भ्ल्व्इथ् थ्इग्च् ीक्ष्ँभ् ध्क्ष्त्ज् क्ःक्ष्ीभ् ध्ज्ब्त्भ्ख्भ्च् द्यब्म् क्क्ष्त्ग्ब्त्क्ष्इल् ल्इ क्ग्क्ष्ऋक्ष्म्भ् एीभ्ब्क्भ् ११ अर्को मननयोग्य सोच के हुनुपर्छ भने जीवनको मूल्य सामाजिक पद प्रतिष्ठा, सम्पत्ति र आडम्बर भन्दा धेरै र अतुलनीय छ ।

यी विषय भनेको समाजमा साय सापेक्ष अनुकूलताले उपलब्ध क्षणिक हुन् , जो आज छ, भोलि नहुन सक्छ । हामी त्यस्तो आशक्ति भन्दा सयौं कोष टाढा रहनुपर्छ, सहज र स्वभाविक उपलब्धिलाई प्राथमिकतामा राख्न सक्यौं भने नहुँदा पनि पीडा हुँदैन । अभाव, पीडा र दोषमुक्त मानिस को पो छ र रु तपाईंलाई पीडा, दोष, अभाव हुँदा चाहिँ आत्महत्या रोज्नुपर्ने रु जीवनलाई देखासिखी र क्षमता बाहिरको आडम्बरबाट भने मुक्त गर्नु नै पर्छ । यी ४ शब्द र अर्थलाई दैनिक मन्त्रको रुपमा मनन् र अनुशरण गर्न सक्यौं भने अनावश्यक मानसिक तनाव देखि हत्या र आत्महत्या जस्तो असहिष्णु र अमानवीय मात्र होइन, आफैंलाई अनाहकमा दण्डित गराउने नियति वा अवस्था भन्दा टाढा रहन सकिन्छ ।

१ आफ्नो स्वार्थ प्रतिकुल भयो भनेर अरूलाई दोष दिन बन्द गर्नुस् ।
२ अर्को अनुकूल भएन, यसले र उसले गर्दा भनेर अर्को प्रति गुनासो गर्न छोड्नुस् ।
३ आफूलाई कहिल्यै पनि अरूसँग दाँज्ने काम नगर्नुस् ।
४ कसले के भन्छ वा कसले के भन्यो भनेर अर्काको लागि आफैंलाई प्रताडित नगर्नुस् ।

अरूको प्रदुषित सोचलाई आफ्नो मस्तिष्कमा निषेधित गर्नुस् । महत्वाकांक्षा पद, प्रतिष्ठा, सम्पत्ति, यौन गोपनियताको खुलासा, अपराधको सार्वजनिकीकरण, आडम्बरको अतिसयोक्ति मानसिकताले उपलब्धि नहुँदा असन्तुष्टि बढ्छ । मृगतृष्णा हो जीवन, लालचको घडा कसको भरिएको छ र रु तर हामी दौडिरहन्छौं अति आशक्ति राखेर । अनि कुनैदिन सामान्य धरातलमा ओर्लनुपर्दा आफूलाई धेरै पछाडि परेको र असफल भएको पीडाले थिच्न थाल्छ । यो पीडालाई सहजीकरण गर्न नयाँ बाटो, नयाँ उत्साह जोड्नुपर्छ, सकारात्मक सोचमा परिवर्तित हुन जरुरी हुन्छ ।

असफल भएपछि मन विक्षिप्त हुन्छ र आत्महत्या जस्तो आफैं बिरुद्धको अपराध गर्न प्रेरित भएको हुन्छ । आत्महत्या रोक्न वा न्युनिकरण गर्न व्यक्ति र समाजको सोच सकारात्मक हुन अनिवार्य छ । जसले जस्तो प्रतिकुल अवस्थामा पनि आफूलाई उच्च आत्मबलको उर्जा दिन्छ र अवस्थालाई सहजीकरण गर्न सकिन्छ । तत्काल अप्रत्याशित आइपरेको असहज अवस्था वा लामो समयदेखि झेलिरहेको समस्याको विकल्प सोच्नुपर्छ । केही व्यक्तिगत निर्णय क्षमताका हुन्छन् केही सामाजिक वा कानुनी सहायता लिनुपर्ने हुन्छ । विषय र परिणामको अन्तिम बिन्दुसम्म गहनतापूर्वक सोचेर निकास खोज्नुपर्छ ।

हत्या रआत्महत्या प्राकृतिक मृत्यु बाहेक सबै विषयका विकल्प छन् वा खोज्नुपर्छ । जसको लागि धैर्यतापूर्वक राम्रो र अनुकूल अवस्थाको प्रतिक्षा गर्नैपर्छ । हो, हाम्रो समाजको नकारात्मक र परपीडक मानसिकताको ज्वारभाटा कहिले भारतीय नायक धर्मेन्द्रले यसो भने रे, कहिले नन्दाले के भनिन् रे, कहिले हृतिकले खै के भने रे, कहिले कान्तिपुरले के छाप्यो रे, कहिले नानीमैयाले यस्तो भनिन् रे जस्ता अरे।अरे र लहैलहैको श्रृंखला कति हो कति हाम्रो यो अपरिपक्व मानसिकता ९न्यूनस्तरको विवेक ० को व्यक्तिवाद, राष्ट्रवाद यसरी नै उठ्छ र परिवार र गाउँ समाजलाई प्रदुषित गर्छ अनि एकाएक भन्ने गर्छन्९ त्यो त मैले सोचेकै थिइन त भन्दै विलौना गर्छन् ।

क्ष्त्क् इग्च् ीब्ऋप् इँ ल्इच्ःक् इँ ऋक्ष्ख्क्ष्ऋ क्भ्ल्ऋभ्। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको सन्देश अनुशरण गर्नुपर्छ । उहाँले भन्नुभएको छ९ अरूले व्यक्त गर्ने वा गर्नसक्ने नकारात्मक भावलाई सधैं बेवास्ता गर्नुपर्छ । समाज त जहिले पनि तिम्रो राम्रो कामलाई होइन, कहिले तिमीले गल्ती गर्छौ र खेदो खनौं र तमासा बनाउँ भनेर कुरेर बसेको हुन्छ । तिम्रो दिन खराब चलेको अवस्थामा यो समाज थप क्रुर भएर तिमी माथि खनिने गर्छ । तसर्थ समाजले के भन्छ भनेर होइन, अन्तरआत्माको आदेशलाई शिरोपर गरेर अघि बढ्नुपर्छ ।

धन सम्पत्ति, सामाजिक पद प्रतिष्ठा, आय आर्जन, भोक, यौन यी सामान्य प्राकृतिक विषय हुन्, यसलाई आशक्ति वा आडम्बरको स्थानमा पुर्‍याउनु हुँदैन । कुनैपनि अपेक्षाको ल्इ जवाफ पाउँदा त्यसलाई निराशा होइन ल्भ्ह्त् इएत्क्ष्इल् को रुपमा सकारात्मक लिनुपर्छ । यो समाज र प्रत्येक व्यक्तिले गम्भीर भएर मनमा राख्नुपर्छ के भने समय बलवान् मात्रै होइन, निर्मम पनि हुन्छ । थाहा हुन्न कुनबेला कसको जीवनमा भुकम्प, आँधिबेहेरी, बाढी पहिरो वा अन्य कुनै प्रकोप बनेर आउँछ । त्यसैले यो अवस्थाको सामना गर्न हमेशा तयार हुनुपर्छ । अर्को शब्दमा भन्नुपर्दा प्रत्येक दिन मृत्युसंग संवाद गर्नुपर्छ । त्यसो भयो भने हाम्रो पद, प्रतिष्ठा, सम्पत्तिको अहंकार र आडम्बरलाई न्युनिकरण गर्न सकिन्छ, जीवनलाई सहजीकरण गर्न सकिन्छ । यही नै हत्या रआत्महत्याको विकल्प रोज्ने, खोज्ने प्रेरणाको सहायक हुनसक्छ ।

घरेलु हिंसाको कुरा गर्नुपर्दा विश्वमै शारीरिक रुपमा महिला बढी र मानसिक रुपमा पुरुष बढी छन् । पारिवारिक र सामाजिक जिम्मेवारी पुरुषको टाउकोमा हुन्छ । थप महिला अधिकारको नाउँमा कानुन, प्रशासन प्रहरी र सामाजिक दबाब र प्रभावको साथै सम्बन्ध विच्छेद हुँदा आफूले कमाएको मात्र होइन, पुर्ख्यौली सम्पत्ति समेत टुक्रिने हुँदा पुरुषमा मानसिक तनाव वा यातनाको समस्या धेरै हुने कारणले नै आत्महत्या गर्नेमा संख्यात्मक हिसाबले पुरुष बढी भएको तथ्यांक छ ।
प्राकृतिक वा विश्वकै समाजको मानसिकताले आजसम्म पुरुषलाई महिलामा आश्रित हुने छुट वा सहजता दिएको छैन । त्यसैले पनि विविध बोझ झेल्न र व्यहोर्न पुरुष बाध्य छ ।

हो, कहिलेकाहीँ सम्पत्ति, परिवार, सामाजिक पद प्रतिष्ठा सबै गुमाउनुपर्ने अवस्था आउन सक्छ, जुन कहिले मानव सिर्जित त कहिले प्राकृतिक प्रकोप हुनसक्छ । तर त्यस्तो पीडा, अपमान, वा नोक्सानी व्यहोर्नुपर्ने म एक्लो र पहिलो त होइन, सडकमा पुगौंला के भयो त रु करोडौं सडकमा छन् त साथी रु एकदिन राम्रो समय अवश्य आउनेछ । सबैको सधैं एउटै अवस्था रहँदैन, सृष्टिकर्ता त्यति क्रुर भने छैनन् । कहिलेकाहीँ मेरो सिर्जना कत्तिको बलियो छ भनेर कठोर परीक्षा अवश्य लिन्छन् ।

जीवनको तितो सत्य के पनि हो भने यो दुनियाँमा कोही कसैको लागि हुँदैन, सबैको आ९आफ्नै स्वार्थमा जोडिएको नाता सम्बन्ध वा सम्झौता हुन्, जुन प्रकृतिले समाजले अनिवार्य गराइदिएको हुन्छ । त्यसैले यो विषयलाई पनि आशक्तिपूर्ण बनाउनु बुद्धिमानी हुँदैन । कारण यस्ता सम्बन्ध सम्झौताहरू प्राकृतिक प्रकोप मृत्यु वा विविध कारणले कुनैबेला पनि छु्ट्न सक्छन् । चाहे त्यो विजयपत सिंघानिया हुन् वा लियो टाल्सटाय, लैला मजनु वा मुना मदन ।

यो सांसारिक चर्चा, भोक, पद, प्रतिष्ठा सम्पत्ति, शक्ति, नाता जन्मेपछि जोडिन आएका हुन् र जाँदा छोडेर नै जाने हो । तपाईंलाई आज जिउँदै जलाउने पनि एकदिन पक्कै जलेर मर्ने हुन् । तसर्थ, वियोग, विछोड, नोक्सानी वा पद प्रतिष्ठा वा सम्पत्ति गुम्यो भनेर चिन्तित हुनु मुर्खता हो । यस्ता क्षणिक विषयका आशक्ति त्याग गर्न सक्नुपर्छ । आशक्ति, त्याग र वैराग्यले जीवनदान दिन्छ भनेर महामानव गौतम बुद्धलाई सम्झनुपर्छ ।

आत्महत्या गर्ने जस्तो असहिष्णुतापूर्ण निर्मम सोच त्याग्नुपर्छ । मननीय कुरा के हो भने मानिसले कहिले पनि आफूलाई पूर्णता दिन्छु भनेर सोच्नु हुँदैन, यो जीवन मात्र एउटा चलचित्र निर्देशकले फरक भूमिकामा फरक अनुहार छानेजस्तै सृष्टिकर्ताले पनि सृष्टिको निरन्तरताको लागि एउटा अर्को भूमिकामा पठाएका हुन् । सहजतापूर्वक जे उपलब्ध छ त्यसैलाई महान र ठूलो ठानी सन्तोष लिनसक्ने मानसिकता विकास गर्नुपर्छ । दुस्ख, पीडा, अभाव, आरोप, नाम, बदनाम, सबै मेरो भूमिकाको पाटो हो भन्ने सोचेर सहजतापूर्वक लिनुपर्छ ।

पारिवारिक कुरा गर्नुपर्दा पनि को कहाँ जन्मियो, कस्तो शिक्षा, कस्तो संगतमा हुर्क्यो रु कस्तो समाजको मानसिकताको प्रभावमा छ रु सामाजिक र प्राकृतिक नियमको वा नियतिको निरन्तरताको लागि बनेको सम्बन्ध एउटा गहन र अति संवेदनशील सम्झौता हो । तर, समयसंगै एक अर्काको प्राथमिकता, सोच र अपेक्षाहरू परिवर्तित हुन थाल्छन् ।

तात्कालिन अवस्थामा गरेको सामाजिक, प्राकृतिक सम्झौता कालान्तरमा प्रतिकुल बन्न सक्छन् । खासगरी शारीरिक र मानसिक अनमेल हुन पुग्छन् । त्यस्तो अवस्थामा अगाडि संगै वा एकै छत भित्र निरन्तरताको लागि थप नयाँ सम्झौतामा एक मध्ये कोही असमर्थ वा मञ्जुर नभएमा आफ्नो कमजोरी स्वीकार गर्दै एकले अर्कोलाई स्वतन्त्र हुने अधिकार दिनु बुद्धिमानी हुन्छ । जे९जस्तो कारणको पीडा आवेग भएपनि हाम्रो पुर्खाले भनेजस्तो  मर्नु भन्दा बहुलाउनु जाती ।अर्थात् जीवनलाई धैर्यवान बनाउ, समय बित्दै जान्छ, सकारात्मक दिन आउँछ ।

हुन त माथि उल्लेख गरेझैं हत्यारआत्महत्याको कारण समाज र देश अनुसार केही फरक हुन्छन् नै । हाम्रो समाजको सन्दर्भमा भने राज्यले धार्मिक, आध्यात्मक र नैतिक शिक्षा अनिवार्य गर्नुपर्छ । समाजलाई पाखण्डी, आडम्बरी र भ्रष्टाचारी होइन, सदाचारी, विवेकशील र जिम्मेवार बनाउने प्रेरणा दिने शिक्षालाई अनिवार्य गर्नुपर्छ ।

हाम्रो सामाजिक प्रबृत्ति नै आत्महत्याको दुरुत्साहन मूल कारण भएको हुँदा समाज विवेकशील र जिम्मेवार हुनुपर्छ । आत्महत्याको विकल्प छ, न्युनिकरण गर्न सकिन्छ । आत्महत्या के हो रु यसबाट बच्ने कसरी रु अर्थात् विकल्प के हुन् रु आत्महत्यालाई दुरुत्साहित गर्ने सामाजिक मनोविज्ञान  र, त्यसबाट बच्ने उपायको बारेमा हामीले कम्तिमा माध्यमिक स्तरको शिक्षाको पाठ्यपुस्तकमा यो विषयको शिक्षा ९ज्ञान० दिनुपर्ने हुन्छ । अनि मात्र हाम्रो समाजको नकारात्मक भाव र परपीडक मनोबृत्तिलाई न्युनिकरण गर्न र हत्यारआत्महत्यालाई रोक्न सक्छौं ।


२२ चैत २०७९, बुधवार १७:४० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु