punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज, र कर्णालीमा जीवन शाहीको सम्भावन

Chaupati
safha napa

धनगढी। नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता समीकरण बन्ने भएपछि शाही मुख्यमन्त्री हुने भएका हुन् । कांग्रेसले मुख्यमन्त्री पाउने गरी नेकपा सत्ता साझेदार हुन लागेको हो । कांग्रेस र नेकपाको सत्ता साझेदार हुनेगरी छलफल सकारात्मक बनेको छ । एमालेबाहेक सत्ता समीकरण बन्ने भएपछि अहिले कांग्रेस र नेकपाबीच पावर शेयरिङमा समेत छलफल अघि बढेको छ ।

कांग्रेस र नेकपा स्रोतहरूका अनुसार नेकपा र कांगेसबीच मन्त्रालयको संख्यामा भने कुराकानी मिलिसकेको छैन । हिजो मात्रै पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित नेकपा र कांग्रेसका सांसदले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमाथि छलफल भने सुरु भइसकेको छैन । मुख्यमन्त्री कँडेलले राजीनामा दिने सम्भावना छ । उनको पक्षमा बहुमत नहुने निश्चित भएपछि उनी राजीनामा दिने मुडमा छन् । यद्यपि, उनले अविश्वासको प्रस्ताव सामना गर्ने गरी झण्डै ३० दिन सरकार लम्ब्याउन पनि सक्छन् ।

कर्णाली प्रदेशसभाको ४० सदस्यमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । कांग्रेस र नेकपा मिल्दा सहजै बहुमत पुग्छ । कांग्रेससँग १५ र नेकपासँग १४ जना सांसद छन् । दुई दलबीच सत्ता साझेदारी हुने भएपछि मन्त्रालयहरूको बाँडफाँटको विषयले प्रवेश पाइसकेको छ । यद्यपि, नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही भने मन्त्रालय बाँडफाँटको विषयमा छलफल सुरु भइनसकेको दाबी गर्छन् । तर, नेकपा चारवटा मन्त्रालय पाउनुपर्ने पक्षमा देखिएको छ ।

यसअघि कांग्रेसले एमालेसँग चारवटा मन्त्रालय लिएको भन्दै नेकपा त्यही संख्या आफूले पाउनुपर्ने पक्षमा देखिएको छ । यद्यपि, कांग्रेस भने ३/३ वटा मन्त्रालय भाग लगाउने पक्षमा छ । कर्णाली प्रदेशमा कांग्रेस र नेकपाले सत्ता समीकरण बनाउँदा त्यसको असर भने सुदूरपश्चिम प्रदेशमा पनि पर्नेछ । अहिले एमाले र कांग्रेसको सत्ता गठबन्धनभित्र समस्या सुदूरपश्चिमको प्रदेश सरकारमा देखिएको छ ।

त्यसैले सुदूरपश्चिमको प्रदेश सरकारमा कांग्रेस र नेकपा मिल्ने सम्भावना छ । त्यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार नेकपाले नेतृत्व गर्ने सम्भावना छ । स्रोतका अनुसार कर्णाली कांग्रेसले पाउँदा सुदूरपश्चिम नेकपाले पाउनेछ । यो केन्द्रीय सहमतिमै हुने स्रोतको दाबी छ । त्यस्तो अवस्थामा सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री हुने सम्भावना छ ।


२ साउन २०८३, शनिवार १३:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु