punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित चार जना पक्राउ

Chaupati
safha napa

धनगढी।कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित एक होटलमा बसेका अवस्थामा शंकाका आधारमा चेकजाँच गर्दा २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित लम्कीचुहा–१ बसपार्क निवासी २९ वर्षीय राजेश खत्री र २७ वर्षीय ललित बिष्टलाई पक्राउ गरेको हो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–४ बलिया बजारबाट २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २२ वर्षीय धिरज चौधरीलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–१ लकडमन्डीबाट ८८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जोशीपुर गाउँपालिका–२ निवासी २८ वर्षीय अम्मरदिप डगौरालाई पक्राउ गरेको छ।

पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


३ साउन २०८३, आइतवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु