Alok

कता जाँदै छ पत्रकारिता : मिसन पत्रकारिताको कुरूप स्वरूप

पञ्चायतकालमा दुई खेमाका पत्रकारहरु थिए— पञ्चायत पक्षधर र बहुदलीय व्यवस्था पक्षधर । बहुदलीय पक्षधर पत्रकारहरुले लोकतन्त्र प्राप्तिलाई आफ्नो मिसन बनाए, जसलाई मिसन पत्रकारिता भनियो ।

त्यसबेला ती दुवैपक्षमा खुलेर नलाग्ने मध्यमार्गीहरू थिए, जसले विकास पत्रकारिता चलाए । अर्थात् मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्रको प्राप्ति थियो । त्यसका लागि पत्रकारहरुले कुटाइ खाए, निर्वासन सहे, जेल बसे तर मिसनमा सम्झौता गरेनन् ।

बहुदलकालभरि ९२०४७–२०६२र०६३० मूलतः पार्टी केन्द्रित पत्रकारहरु थिए । तर ती पार्टीभित्र पनि अप्रत्यक्ष रुपमा खास खेमाको प्रचारप्रसार गर्ने र अर्को पक्षलाई उदाङ्गो पार्ने शैली विकास भइरहेको थियो ।

जस्तै तत्कालीन माधव नेपाल र केपी ओली खेमा वा गिरिजा कोइराला र देउवा खेमा वा राप्रपाका थापा र चन्द पक्षीय खेमा । यो खेमा केन्द्रित मिसन पत्रकारिताले २०६२र०६३ पछि मौलाउने अवसर पायो । त्यसबेला खुलेका रेडियोहरु कुन पार्टीको कुन खेमाको भनी श्रोताले अनुमान गर्न सक्ने भइसकेका थिए ।

साप्ताहिक पत्रपत्रिका त आफ्नो गुटको नेताको स्तुतिगान र आफ्नै पार्टीको अर्को खेमाको सत्तोसराप गर्न थालिसकेका थिए । विस्तारै साप्ताहिक पत्रपत्रिका अनलाइनमा रुपान्तरण हुँदै गए । अनि आफ्नै पार्टीभित्र प्रशंसा र आलोचना गर्दा नै समाचार पुग्ने भइसकेको थियो ।

अनलाइन पत्रारिताको उद्गम अवस्था २०७२ मा संविधान जारीपछिको अवस्थालाई मान्न सकिन्छ । त्यसबेला नै एक हजारको हाराहारीमा अनलाइन दर्ता थिए भने अहिले त प्रेस काउन्सिल नेपालमै २८३० दर्ता भएका छन् ।

सूचना विभागको तथ्याङ्क अझै बढी छ । पञ्चायतकालमा मिसन पत्रकारिताका रुपमा सुरु भएको राजनीतिक पत्रकारिताको यात्रा दोस्रो चरणमा दलकेन्द्रित मिसन पत्रकारिता, तेस्रो चरणमा खेमा केन्द्रित पत्रकारिता हुँद चौथो चरणमा व्यक्ति केन्द्रित पत्रकारितामा आइपुग्यो ।

हरेक मन्त्री वा सांसदका आफ्नै अनलाइन, पार्टी नेताका पत्रकारहरुको छुट्टै समूह, जिल्ला र गाविस तहमा पनि पत्रकारलाई विभिन्न प्रलोभनमा आफ्नो सार्वजनिक छवि राम्रो देखिने प्रायोजित सामग्रीहरु छताछुल्ल भए । यो व्यक्तिकेन्द्रित पत्रकारिताको उत्कर्ष कोभिड—१९ को महामारीसँग अझ छताछुल्ल देखियो ।

समाचार सम्बन्धित राजनीतिक व्यक्तिको पक्षमा भएर पुगेन, अब वफादार पत्रकारहरुले समाचारको शीर्षक नै ऊप्रति सकारात्मक हुने गरी लेख्न थाले । फलानोको पहलमा यस्तो भो । फलानोको पहलमा उस्तो भो । जसले व्यक्तिकेन्द्रित मिसन पत्रकारिताको झलक दिन्छ ।

अबको मिसन पत्रकारिता कता जाला रु व्यक्ति केन्द्रित त भइसकियो । के अब फलानो नेताको शरीरको फलानो अंगको मात्रै वर्णन गर्ने पत्रकारिता हुने पो हो कि रु जस्तो कि तत्कालीन बेलायती युवराज्ञी डायनाको तिघ्राको मात्रै, हातको मात्रै वा अनुहारको मात्रै बिमा गर्ने प्रयासहरु भएका थिए ।

खासमा मिसन पत्रकारिताका तीन लक्षहरु हुनु पर्ने हो— लोकतन्त्रको रक्षा, आवाजविहीनहरुको प्रतिनिधित्व र सत्ता र शक्तिमा रहेकाहरुमाथि लगातार निगरानी । हाम्रो पत्रकारिताले सबैभन्दा बढी नेताहरुलाई परिचित बनायो ।

उनीहरुको लगातारको चर्को आवाजले गर्दा अल्पसंख्यक र सिमान्तकृत समुदायको आवाज अझै दबियो । आफ्नो नेताले संविधान र लोकतन्त्रकै विरुद्धमा कदम चाले पनि त्यही सही हो भन्ने अवस्था आयो । पत्रकारको चेतना र विवेकको लगाम नेताको हातमा पुग्यो । पत्रकारहरु शक्तिमा रहेकाहरुको निगरानी गर्ने होइन कि उनीहरुकै चाकरी गर्ने, सेवा सुविधा लिने, राम्रो जागिर वा अवसर खोज्ने भए ।

फर्केर हेरौं ३० वर्षे पञ्चायतकालको मिसन पत्रकारिता र ३१ वर्षे बहुदलकालको मिसन पत्रकारिता । हाम्रा अग्रज पत्रकारहरुसँग तुलनमा गरौं । के उनको पत्रकारिताको स्वभिमानको छहारीमा हामी उभिन योग्य छौं रु पञ्चायतकालमा सफल देखिएको मिसन पत्रकारिता चौथो चरणमा आइपुग्दा जग हसाउँने स्थितिमा आइपुगेको छैन रु छातिमा हात राखेर समिक्षा गरौं ।


२९ भदौ २०७८, मंगलवार ०८:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु