गजल
शालिक
पुरानो ठाउँ लोप भई चोक हुदैछ
देश भक्ति मान्छे को शोक हुदैछ
देश भक्ति लाई फुल लाउने बेला
कठैबर तिनैको आज ठोक हुदैछ
देश लुट्ने मान्छे जेल हुने बेला है
आज तिनै मान्छे मालिक हुदैछ
जुन मान्छे देश निम्ति लड्छ है
उही मान्छे आज सालिक हुदैछ
जुन चिज नेपाल लाई चाहिने हो
तेहि सामान देशमा रोक हुदैछ
जस्ले जस्लाई मारे पनि हुने है
नेपालमा सधैँ यो रोचक हुदैछ
जस्लाई छोड्नु पर्ने हुन्छ यहाँ
उही पार्टी सधैँ परिपूरक हुदैछ
दीपक संगम विश्वकर्मा
टीकापुर
१९ जेठ २०७९, बिहीवार १५:३० बजे प्रकाशित































