धनगढीमा मेयर पदका लागि नेपाल परिवार दलबाट ४ जना आकांक्षी
आगामी बैशाख ३० मा हुन गइरहेको स्थानिय तहको निर्वाचन घोषणासंगै राजनितिक दल निर्वाचनमा केन्द्रित हुन थालेका छन । स्थानिय तहको निर्वाचनकालागी बिभिन्न दलका नेता तथा कार्यकर्ताहरु दलभित्र उम्मेदारी आकांक्षी बाहिर देखिन थालेका छन ।
यसैबिच नेपाल परिवार दलमा पनी स्थानिय तहको निर्वाचनकालागी दौडधुप सुरु भएको छ।स्थानिय तह निर्वाचनका लागी बिभिन्न पदका लागी आकांक्षा देखाएका छन्। यस्तै धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि नेपाल परिवार दलबाट ४ जनाले आकांक्षा देखाएका छन् ।
नेपाल परिवार दल सुदूरपश्चिम संयोजक खडक नागरीले मेयरपदमा आकांक्षी देखाएका छन्। नेपाल परिवारको स्थापना काल देखि नै पार्टीमा सक्रिय रहेका नेता नागरी २०६४ सालमा जिल्लाको सदस्य रहेर काम गरेका हुन् । २०६६ सालमा जिल्लाको सचिवको रुपमा काम गर्दै गर्दा संगठनलाई तीब्र गतिले आगाडी बढाएपछि २०७२ सालमा केन्द्र र जिल्लाले मुल्यांकन गरि खडक नागरीलाई प्रदेशको संयोजकमा मनोनीत भएका थिए ।
संयोजक भइसकेपछि कोभिड १९ को समयमा ९ वटा जिल्लामा राहतका वितरण,जाडोमा कम्म्बल वितरण पनि गरिएको उनले बताए । उनको पालमा २ करोड बराबरको राहतका ल्याउन सफल भयो ।अर्को उम्मेदवार मेयरका नेपाल परिवारदलकै बिष्णु कुमारी बिक छन् । उनी स्वास्थय क्षेत्रमा निरन्तर २० साल देखि नै सकृय छन् भने उनको पालामा उपचार गर्ने क्रममा गरिव दुखि दलित जनजातिहरुलाइ नि:शुल्क उपचार गरेकी थिइन् ।धनगढी लाइन्स क्लबको निर्देशकको रुपमा हाल काम गर्दै आएकी छिन् । विद्यार्थी देखि केन्द्रसम्मको राजनीतिमा पनि कृयासिल हुँदै आएकी छिन् ।
यस्तै धनगढी उपमहानगरपालिकाको मेयर पदका लागी अर्को मेयरका उम्मेदवार हुन् निर्मला श्रेष्ठ। श्रेष्ठ अगाडिको निर्वाचनमा उपमेयरको उम्मेदवार भैसकेकी हुन्। उनी अहिले २०२२ मा निवर्तमान अध्यक्ष निर्मला श्रेष्ठ धनगढी लेडि जेसिज आदिवासी जनजाति संघ कैलालीको उपाध्यक्ष, नेवास् देयु दबु प्रदेश नम्बर ७ को कोषाध्यक्ष, नेपाल पुजिवजार लगानिकर्ता संघ कैलालीको अध्यक्ष भइ विभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
यस्तै अर्को उम्मेदवारका आकाक्षी हुन् बिशाल चौधरी।उनी अहिले नेपाल परिवार दलका जिल्ला अध्यक्ष बिशाल चौधरी छन । चौधरी अहिले पार्टीको जिम्मेवारीको रुपमा काम गर्दै छन ।
१७ चैत २०७८, बिहीवार २०:२६ बजे प्रकाशित































