punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवालाई १ लाख पत्र हस्तान्तरण

Chaupati
safha napa

बोलन्या थलीले सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट संकलन गरेका पत्र बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पश्चिम सेती जलविद्युत् परियोजना निर्माणको माग गर्दै प्रधानमन्त्री देउवालाई १ लाख पत्र र २२ डोका बुझाइएको हो।

बिहीबार प्रधानमन्त्री देउवालाई पत्र बुझाइएको थलीका संयोजक यादव जोशीले जानकारी दिए ।बोलन्या थलीले ३३ महिना लगाएर सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट संकलन गरेका पत्र बिहीवार प्रधानमन्त्री देउवालाई बुझाइएको हो।

पत्र बुझेपछि प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणका लागि दबाब अभियानलाई धन्यवाद दिँदै आफ्नै पालामा परियोजना बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।


१७ चैत २०७८, बिहीवार २१:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु