punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा प्रवेश गरे रवीन्द्र मिश्र, बने वरिष्ठ उपाध्यक्ष

Chaupati
safha napa

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका छन्।

ब्राहमण बटुकहरुको स्वस्तिवाचन र शंखघोष सहित रवीन्द्र मिश्र समूह राप्रपा प्रवेश गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरि वरिष्ठ उपाध्यक्ष पदसहित मिश्रराप्रपामा प्रवेश गरेका हुन्।

सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए। हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गरेपछि उनको विवेकशीलभित्रै आलोचना भएको थियो।

२०७२ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट लडेका थिए। आसन्न निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचनमा होमिने तयारी गरिरहेका छन्।


१२ असोज २०७९, बुधवार १५:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु