punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा सत्ता गठबन्धन दलहरूबीच सहमति जुटेन

Chaupati
safha napa

स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिंदै गर्दा पनि बैतडीमा सत्ता गठबन्धन दलहरूभित्र सहमति जुट्न सकेको छैन ।
सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक-पटक छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्टले बताए ।

एकीकृत समाजवादीले तीन पालिकामध्ये एउटामा उपाध्यक्ष पाउने गरी सहमति गरेको तर वडामा आफ्नो सम्मानजनक स्थान हुनु पर्ने माग राखेको वताए । उनले भने ‘कांग्रेसमा एक्लै जित्न सकिन्छ भन्ने दम्भ देखियो, त्यसैले कुरा मिलिरहेको छैन ।’तीन पालिकामा वडा समेत टुङ्गो नलागेसम्म अन्य पालिकाको विषयमा छलफल नहुने भट्टले बताए ।

कांग्रेसले जिल्लाका १० पालिकामध्ये सातमा दाबी गरिरहेकोले पनि तालमेल हुन समस्या भइरहेको अध्यक्ष भट्टको भनाइ छ ।


८ वैशाख २०७९, बिहीवार १३:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु