punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

Chaupati
safha napa

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ। ओली र वाङबीच काठमाडौंको मेरियट होटेलमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी थिए।

वाङले आजै सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन्। तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने तालिका छ।


१३ चैत २०७८, आइतवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु