punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छोरो बसेको छ बुहारी शहरमा राखेर

Chaupati
safha napa

गजल
बुढा बुवा आमालाई गाउँ–घरमा राखेर
छोरो बसेको छ बुहारी शहरमा राखेर

उस्ले प्रेमीकाको बयान यसरी गर्यो
सुन्दरतालाई अंक र अक्षरमा राखेर

नदी पनि कहिले नफर्किने गरि गयो
मेरा पैतालाका डोबहरु बगरमा राखेर

हातका औंलाहरु मसँग गर्छन् गुनासो
र भन्छन् बस्न हामीलाई बराबरमा राखेर

मन्दिर अगाडि माग्ने मागिरहे बिचरा
तर मान्छे जान्छन् पैसा पत्थरमा राखेर।।

विवश खड्का
धनगढी, कैलाली


३ साउन २०७७, शनिवार ०६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु