दार्चुलामा जन्मथलो भएका प्रिन्स एसियाकै उत्कृष्ट जुनियर खेलाडी
काठमाडौं, साउन ३ । दार्चुलामा जन्मथलो भएका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको ब्याडमिन्टन एसियाले बताएको छ।
एसिया ब्याडमिन्टनले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको लेखेको छ। ब्याडमिन्टन एसिया हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको छ। जस अन्तर्गत यो साता नेपालका प्रिन्सका आलेख सार्वजनिक गरेको हो।
जुनियर लेभलमा प्रिन्स विश्व वरियतामा शीर्ष सातौं स्थानमा रहेका छन्। अन्तर्राष्ट्रिय स्तरमा प्रिन्सले गएको सेप्टेम्बरमा दुवई जुनियर इन्टरनेसनलमा प्रथम भएका थिए। यस्तै उनले नेपालमा र विदेशमा गरि दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन्।
दार्चुलाको खलंगामा जन्मिएका उनले विभिन्न उमेर समूहमा आफूलाई अब्बल सावित गरिसकेका छन् भने राष्ट्रिय च्याम्पियनको लक्ष्यमा रहेका छन्।
३ साउन २०७७, शनिवार ०६:३० बजे प्रकाशित































