punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनसरीको सीमावर्ती क्षेत्रमा आज पनि गोली चल्यो, एक जना घाइते

Chaupati
safha napa

सुनसरी, साउन ३ । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सोही ठाउँको सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन् ।

पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो ।

सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाई छ ।सुनसरीमा यो लगातर दोस्रो गोली चलेको घटना हो । बिहीबार राति करिब ११ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको थियो ।

प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–२ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका छन् । अन्य तीनजना भने भारततिर भागेका थिए । घटनास्थलबाट प्रहरी पेस्तोल, म्यागजिन, गोली र दुईवटा मोटरसाइकल बरामद गरेको थियो ।


३ साउन २०७७, शनिवार ०५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु