पछिल्लो देशको अवस्था
जसरी हाल सम्माननिय प्रधानमन्त्री केपी ओलीलाई घेराबन्दी गरिदैछ यो कुनै नौलो र हालमात्र गरिएको बिषय होइन मलाई ज्ञान भएदेखिको कुरा स्मरण गर्दा उहिले देखि नै क केपी लाई यिन्ले सधै खेदो गर्ने काम मात्र गरेको देखेको छु ! कहिले यो बहाना कहिले त्यो बहानामा सधै यिन्ले बिरोध, आलोचना रिस डाह मात्र गर्दै आएका छन !
अहिले पनि देश यस्तो महामारीको प्रकोपले आक्रान्त भएकोबेला , आर्थिक रुपले डमाडोल भएकोबेला कसरी देश संचालन गर्ने कसरी कोरोनाबाट जनतालाई सुरक्षीत राख्ने र जनताको दैनिक जनजिबिका कसरी सन्चालन गर्ने भन्ने दिशामा हाल सिङ्गो पार्टी , नेता कार्यकर्ताहरु लाग्नुपर्नेमा मेरो देशको दुर्भाग्य जस्लाइ मैले बाल्यकाल देखि चिने र आफ्ना आदरणीय नेताको रुपमा सम्मान गर्दै आए आज ती नेताहरू नै उल्टो बाटो तिर हिडीरहेको देख्छु ! जुन सरकारले बिस्वका शक्तिरास्ट्रहरु कोभिड १९ ले थला परेको बेला नेपालजस्तो देशलाई उक्त प्रकोपबाट बचाउन सफल छ र एकजना पनि आफ्ना नागरिकहरुको उक्त कारणबाट ज्यान नजावस ! रोग सङ्गै भोगबाट सिङ्गो नागरिकलाई कसरी जोगाउने भनेर अहोरात्र लागेको छ ! एउटा बिरामी प्रधानमन्त्री आफ्नो स्वास्थको कुनै प्रवाह नगरी जनता र देशको लागि २४ घन्टा खटिरहेको छ ! बिडम्बना आज उसैको राजिनामा माग्ने काम हुदैछ ! कामकुरो एकातिर कुम्लो बोकि ठिमीतिर भने झै आज बिस्वको ध्यान एकातिर र मेरा डाहाडे नेताहरूको ध्यान अर्का्तिर अर्थात केपी ओलीलाइ पदच्युत गर्न्तिर छ !
यतिबेला कमरेड केपीलाई हटाउन बेमौसमी बाजा बजाइरहेका यी खुरापाती नेताहरुलाइ मेरो प्रश्न छ ! तपाईंहरु आज के कारणले केपी हटाउन खोज्दैहुनुहुन्छ ?
१) केपीले आफ्नो सिङ्गो जीवन देश र जनतामा समर्पित गर्दै यो मुलुकको सबैभन्दा धेरै जेलनेल भोग्ने नेता भएका कारण ?
२) बिगतमा भारतले लगाएको नाकाबन्दीमा रास्ट्रका पक्षमा ठिङ्ङ उभिएर भारतजस्तो शक्ति रास्ट्रलाई झुकाउन सफल भै बिश्वमा नेपालको छबी माथि उठाएको कारण ?
३) भारतको एकल दादागिरी लाई तोड्न चाइनासङ्ग ऐतिहासिक ब्यपारिक सम्झौता गरेका कारण ?
४) चाइना भारत दुबै देशसङ्ग रेलवै सम्झौता लगायत अन्य महत्त्वपूर्ण सम्झौताहरु गरेका कारण ?
५) बिगत सरकारले वर्सौसम्म नगरेको पुनः निर्माणका कार्यहरू तदारुक्ताका साथ गरेका कारण ?
६ ) कहिले पनि बहुमत ल्याउन नसक्ने कम्युनिस्ट पार्टीलाई एकीकरणका साथै प्रचुर बहुमत दिलाएका कारण ?
७) अथवा इतिहासमा बिलय हुन लागेका पार्टीहरुको साख जोगाइदिएका कारण ?
८) बर्सौ पुराना अपराधीहरुलाइ धमाधम कार्बाही गरेका कारण
९ भ्रस्टाचारी कालाबजारी अपराधी बलात्कारीहरुलाइ ठाउका ठाउँ कार्बाही गरेका कारण ?
१० बर्सौ पहिला देखि दलालका कब्जामा रहेका बिगाहाका बिगाहा सरकारी भुमी फिर्ता गराएका कारण ?
११) देशमा भैरहेको सम्पुर्ण बेथितिहरुको तत्काल अन्त गरि समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न अघि बढेका कारण ?
१२) बर्तमान अबस्थामा अमेरिका युरोप जस्ता देशले हार खाइरहेको विषम परिस्थितिमा कोरोनाबाट सिगो देश सुरक्षीत राख्न सफल भएका कारण ? आदि ! के यी माथि उल्लेख गरिएका दर्जनौं जनपक्षीय कार्यहरू गरिरहेका कारण केपीले सजाय भोग्नुपर्ने हो ? हैन भने किन सत्ता छोड्नुपर्ने ?
मैले माथि केपीले पद त्याग्नुको कारण बारे जिज्ञासा राखे अब जस्लाइ आज कुर्चीको भोगले सताइरहेको छ क केपी लाई हटाएर उक्त स्थानमा जान भोक निन्द्रा छोडेर रात दिन सडयन्त्रका तानाबाना बुनीरहनु भएको छ उहाँ हरुलाइ मेरो प्रस्न छ !
तपाईंहरु किन सत्तामा जानुपर्ने ?
१) आफु प्रधानमन्त्री हुदा भएको निर्वाचनमा पार्टीलाई धुलो चाटाइ खिस्सीएर आफै सत्ता छोडेको भागेको कारण ?
२) पार्टीलाई ठिक दिशा दिन नसक्दा “ एमाले न पोथी न भाले“ भनेर चिनाएका कारण ?
३) तात्तै खाउ जलीमरु जस्तो गरेर नहाल्ने ठाउमा हात हाल्दा पोलेर आथ्थो आथ्थो गर्दै कुर्ची छोडी भागेका कारण ?
४) छदाखादाको पार्टी फुटाएर देशलाई दुर्गामी असर पुर्याएका कारण ? अर्थात समग्रमा भन्नुपर्दा अहिले सत्तामा जान तम्सिएका तपाईं नेताहरू कुन चाहिँ जनताबाट परिक्षण हुन बाकी हुनुहुन्छ ? अर्कालाई नैतिकताको पाठ पढाउनेहरु एकपटक आफ्नो इतिहास तिर ध्यान लागाएर नैतिकताको हिसाबमा चुप बसेकोभए राम्रो हुन्थ्यो !
केपी ओलीलाइ हालको जिम्मेवारी कसैले देको दाइजो हैन आफ्ना अहम दुखले आर्जेको उपलब्धि हो ! जिवनभर यी खुरापती अपराधीहरुले दिएका तमामखालका दुखको बिचबाट संघर्स गर्दै सधैं देश र जनतामा समर्पित भै अघि बड्दा प्राप्त भएको र उहाँको क्षमता इमान्दारीता लगनशीलता , दुरदर्शिता र संघर्ष्सिल इतिहासको कदर गर्दै जनताले दिएको उपहार हो ! र बिश्व कम्युनिस्ट र स्वयं नेपाली कम्युनिस्ट समेत रक्षात्मक अबस्थामा पुगेको दुखद गडीमा आजको नेपाली कम्युनिस्ट पार्टीलाई यो उचाईमा पुर्याउने महान नेतृत्वलाई हजारौं कार्यकर्ताले बिश्वासका साथ दिएको अमुल्य उपहार हो !
त्यसैले खुराफाती नेता हो आफ्नो पालामा आफू माखो मार्न नसक्ने अर्काले गरेको देखि नसहने बादरे प्रवृत्ति त्यागेर हाल देशले ब्यहोर्नुपरेको बिकराल समस्याको हल गर्न सरकारलाई पुर्ण सपोर्ट गर्दै अघि बढ्दा राम्रो होला ! तत्काल पार्टी महादिबेशन गर्ने भनिएकै छ त्यसबाट अध्यक्ष बन्नुस कस्कसलाइ बन्न मन छ ! अब दुई बर्षमा चुनाव हुदैछ त्यसबाट जनताको म्यान्डेट लिएर प्रधानमन्त्री बन्नुस ककसलाइ बन्न मन छ ? तर यो बेमौसमी बाजा बजाएर जनता कार्यकर्ता लाई तमासा नदेखाउदा बेस हुन्छ ! यदि सत्य कुरा बिर्सेर पार्टी एकताको मर्म बिपरित यहि गलत बाटोमा लागिरहनुभयो र आफू बगैचा निर्माण गर्न नसक्ने तर अर्काले निर्माण गरेको बगैचाको फुल टिपेर सिरमा सिउरिन खोज्नुभयो भने उक्त फुल टिप्न त कुनै हालतमा सक्नुहुनेछैन नै आफुसमेत इतिहासको पानामा सिमित रहनुपर्ला यत्ती कुरा हेक्का राखिदिदा राम्रो होला !
-गौरी वली
१९ वैशाख २०७७, शुक्रवार १०:०५ बजे प्रकाशित































