कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, आजै थपिए २०५९ संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या एक लाख नाघेको हो ।
आज देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा २०५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।
२३ असोज २०७७, शुक्रवार १६:३७ बजे प्रकाशित













