punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गायिका इब्सल सन्ज्यालले मागिन् माफी

Chaupati
safha napa

धनगढी। गायिका इब्सल सन्ज्यालले आफ्नो विवादित अभिव्यक्तिपछि सार्वजनिक रूपमा माफी माग्दै आफ्नो भनाइको उद्देश्य अछामवासी वा सिंगो जिल्लाको प्रतिष्ठामा आँच पुर्‍याउने नरहेको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा सन्ज्यालले आफ्नो अभिव्यक्तिका कारण कसैको मन दुखेको वा अपमानको महसुस भएको भए त्यसका लागि अन्तरहृदयदेखि क्षमा चाहेको उल्लेख गरेकी छन्। उनले सम्पूर्ण अछामवासीसँग दुई हात जोडेर माफी माग्दै आफ्नो नियत गलत नभएको जिकिर गरेकी छन्।

एक टेलिभिजन अन्तर्वातमा सन्ज्यालले अछाम जिल्लामा छाउपडी प्रथा रहेको र उक्त प्रथा अछामीहरूले अमेरिकामा समेत अभ्यास गर्दै आएको बताएकी थिइन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा गायिका सन्ज्यालको तीव्र आलोचना भएको छ।

सन्ज्यालले आफू अमेरिकामा नबसेको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी नभएको स्वीकार गर्दै, त्यस सम्बन्धमा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी हुन्।

उनका अनुसार विद्यालय अध्ययनकालदेखि नै छाउपडी प्रथाविरुद्ध आवाज उठाउँदै आएकी उनी महिनावारी स्वास्थ्य, सरसफाइ र मर्यादित अभ्यासबारे सामाजिक सञ्जालमार्फत सचेतनामूलक सामग्री तयार गर्दै आएकी थिइन्। सोही क्रममा अमेरिकामा बस्ने एक शुभेच्छुकसँग भएको टेलिफोन संवादका आधारमा आफूले एउटा उदाहरण सुनेको र त्यसै विषयले आफ्नो मनमा प्रश्न उत्पन्न गरेको उनले बताएकी छन्।

उनले सोही प्रसङ्ग पछि न्युज २४ को ‘ई–टक’ कार्यक्रममा सामाजिक अभियानबारे बोल्ने क्रममा उक्त विषय आफ्नो अभिव्यक्तिमा आएको उल्लेख गरेकी छन्। आफ्नो भनाइ कुनै नियतवश अछामवासीको सम्मान, प्रतिष्ठा वा अस्तित्वमाथि प्रहार गर्ने उद्देश्यले नभएको उनको दाबी छ।

सन्ज्यालले आफ्नो भनाइको मूल्याङ्कन छोटो भिडियो क्लिपका आधारमा नभई पूरा अन्तर्वार्ता हेरेर गर्न आग्रह गर्दै, आफूले सामाजिक विकृतिविरुद्ध आवाज उठाउने उद्देश्यले मात्र अभिव्यक्ति दिएको स्पष्ट पारेकी छन्।


२५ असार २०८३, बिहीवार १५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु