यसवर्ष दशैंमा नयाँ नोट आउँछ कि आउँदैन ? के भन्छ राष्ट्र बैंक ?

यस वर्ष नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने सम्भावना देखिएको छ । नेपाल राष्ट्र बैंकसंग दशैंको लालगि बाँड्न प्रयाप्त नयाँ पैसा भएपनि कोरोनाको कारण नबाँड्निे सम्भावना रहेको हो ।

नयाँ पैसा बाँड्ने भनेपनि बजारमा अनावश्यक भिडभाड बढ्ने हुँदा राष्ट्र बैंकले सकभर नयाँ नोट वितरण गर्न नसकिने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

उनकाअनुसार अर्थ मन्त्रालयसंग समन्वय गरेर नयाँ पैसा बजारमा पठाउने वा नपठाउने भन्ने बारेमा निर्णय हुनेछ । राष्ट्र बैंकले वर्षेनि दशैं अगावै नयाँ नोट बाँड्ने गरेको थियो । नयाँ पैसा लिन राष्ट्र बैंकका विभिन्न बैंकिङ कार्यालयदेखि निजी बैंकहरुमा समेत भिड लाग्ने गरेको थियो ।


२३ असोज २०७७, शुक्रवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु