Churya gapa
Churya gaupalika
Churya

सांसद् राजेन्द्र राईलाई सभामुखले किन रोके बोल्न ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले बोल्न सुरु मात्र के गरेका थिए, सभामुख डोलप्रसाद अर्यालले भने, ‘माननीय सदस्य म तपाईंलाई त्यसभन्दा अगाडि नबढ्न निर्देशन दिन्छु ।’

सभामुख आफैंले समय दिएर किन रोके त सांसद राईलाई बोल्न ? सांसद राईले सभामुख र सभाको अवहेलना गरेको भन्दै सभामुख अर्यालले नबोल्न निर्देशन दिएका हुन् ।
सांसद राईले माइक हातमा लिनासाथ भनेका थिए, ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्‍यो । तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई यो निवेदन हो ।’
त्यसपछि सभामुख अर्यालले भने, ‘माननीय सदस्य आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला । माननीय सदस्यलाई म योभन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ । समय दिँदैन, बस्नु्स् ।’
सांसदहरुले विरोध गरेपछि अहिले भने संसद केही समयका लागि स्थगित गरिएको छ ।


२४ असार २०८३, बुधवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु