बसभित्र सामूहिक बलात्कार : थप एकजना पक्राउ

भक्तपुरमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छोडेर जाने थप एक जनालाई प्रहरीले पक्रेको छ ।

भक्तपुर नगरपालिका–८ कालाँचामा भएको बलात्कारमा संलग्न झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए । महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीया राईलाई भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको हो ।

बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।


२३ असोज २०७७, शुक्रवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु