दार्चुलामा नदीमा बगेर एक पुड्के लुहार बेपत्ता

दार्चुलामा महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् । जिल्लाको महाकाली नगरपालिका–८ सुरकाडाँका पुड्के लुहार पौडी खेल्ने क्रममा महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नदीमा बेपत्ता भएका लुहारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले बताए ।

 


२३ असोज २०७७, शुक्रवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु