Hotel Flora Long Ad

तीन दिनमा एक लाख १५ हजार बढीले गरे काठमाडौं आउजाउ

देशमा कोरोना भाइरसका संक्रमण तीव्र गतिमा बढेको पछिल्लो तीन दिनमा विभिन्न नाकाबाट एक लाख १५ हजार ६८१ जनाले काठमाडौं उपत्यकामा आवतजावत गरेको पाइएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार मंगलबार ३७ हजार ६७४, बुधबार ३९ हजार ४७४ र बिहीबार ३८ हजार ५३३ जनाले यात्रुले बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशभर मंगलबार एक हजार ५५१, बुधबार तीन हजार ४३९ र बिहीबार चार हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोरोना संक्रमण तीव्र बनेपछि सरकारले औपचारिकरूपमा अतिआवश्यक बाहेकको अवस्थामा विभिन्न जिल्लाबाट काठमाडौं नआउन आग्रह गरेको भए पनि काठमाडौं आउजाउ गर्नेको संख्या भने घटेको छैन।

पछिल्लो २४ घण्टा (बिहीबार) विभिन्न नाकाबाट ३८ हजार ५३३ जना यात्रुले काठमाडौंमा आउजाउ गरेको ट्राफ्रिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

बिहीबार विभिन्न नाका प्रयोग गरी चार हजार ५२२ वटा सवारीसाधनमा १८ हजार ३३० जना यात्रु उपत्यका भित्रिएका थिए भने चार हजार ७०९ वटा सवारीसाधनमा २० हजार २०३ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

बुधबार विभिन्न नाकाबाट ३९ हजार ४७४ जा यात्रुले काठमाडौं उपत्यकामा आवतजावत गरेका थिए। उक्त दिन चार हजार ५३१ वटा सवारीसाधनमा १९ हजार ६८८ जना यात्रु उपत्यका भित्रिएका थिए भने चार हजार ४६६ वटा सवारीसाधनमा १९ हजार ७८६ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

मंगलबार विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा ३७ हजार ६७४ जना यात्रुले आवतजावत गरेका थिए। मंगलबार चार हजार २४६ वटा सवारीसाधनमा १६ हजार १७२ जना यात्रु उपत्यका भित्रिएका थिए। चार हजार ५६० वटा सवारीसाधनमा २१ हजार ५०२ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।


२३ असोज २०७७, शुक्रवार ११:३८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु