punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको लम्कीचुहाबाट नगदसहित १४ जुवाडे पक्राउ

Chaupati
safha napa

कैलालीको लम्कीचुहाबाट प्रहरीले नगदसहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १–स्थित विष्णु खनालको खाली घरबाट ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले जुवाडेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँका ५० वर्षीय मनीप्रसाद खनाल, २७ वर्षीय पूर्णप्रसाद रेग्मी, २२ वर्षीय दिपेन्द्र साउँद, ३३ वर्षीय प्रदिपकुमार धमाला, ३२ वर्षीय मेखबहादुर बस्नेत, ४९ वर्षीय धनिराम जैशी, ६० वर्षीय हरीप्रसाद जोशी, २९ वर्षीय पूर्णप्रसाद ढकाल, ३८ वर्षीय केशबबहादुर शाही, ३८ वर्षीय भिम रेग्मी, ३२ वर्षीय लक्ष्मण खनाल, ३४ वर्षीय मानबहादुर बिष्ट, ३४ वर्षीय दलबहादुर बस्नेत र ३२ वर्षीय डबल जैशी छन् ।

उनीहरुका साथबाट ८१ हजार पाँच सय ५० नगद र तीन गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। पक्राउ परेकाहरुमाथि जुवातास शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


२२ असोज २०७७, बिहीवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु