punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरीले पाेसाकमा टिकटक बनाए कारबाही

Chaupati
safha napa

प्रहरीले पोसाक लगाएर अब टिकटक सहितका भिडियो गराउन अब नपाइने भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रहरी पोसाकहरूको दुरुपयोग भएको भन्दै विभिन्न चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा अबदेखि प्रहरी पोसाकको जथाभावी प्रयोग नगर्न निर्देशन दिएको हो।

यदि प्रयोग गर्नै परे प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार÷प्रसार इकाइमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ।


२२ असोज २०७७, बिहीवार १७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु