कैलालीको मालाखेतीमा कार्यरत डीएसपी बिष्टलाई कोरोना पुष्टि
कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टलाई कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालकाृ प्रयोगशालामा भएको परीक्षणमा आज उनलाई कोरोना देखिएको हो । परीक्षणका लागि उनको गत १९ गते स्वाब संकलन गरिएको थियो । उनी केही दिनयता बिदामा थिए ।
उनको प्रदेश प्रहरी कार्यालय दिपायलमा सरुवा भएपनि प्रमुखको अर्को व्यक्ति नआइसकेको हँदा उनी मालाखेतीमै थिए ।
२२ असोज २०७७, बिहीवार १६:०३ बजे प्रकाशित































