punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा बलात्कार घटना मिलाउने खोज्ने ‘बाबाजी’ पक्राउ

Chaupati
safha napa

बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराको त्यसअघिको अर्को बलात्कारको घटना मिलाउन खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मिलापत्र गराउन कागज तयार गर्ने मष्टा गाँउपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाईलाई बुधबार घरबाटै पक्राउ गरेको हो।

उनले गत २९ साउनमा १४ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटनालाई मिलापत्र गराउनका लागि कागज तयार पारेका थिए । घटना बाहिर आउन नदिन उनीसहित अन्य ६ जनाले पीडित र राजेन्द्र बोहरा पक्षबीच ३१ साउनमा मिलापत्र गराएका थिए।

यसअघि १९ असोजमा मिलापत्र गराउन पञ्च बसेको भन्दै ६ जनालाई पक्राउ गरेको थियो। त्यस्तै, मिलापत्र गराएको एक महिनापछि बोहराले ७ असोजमा सोही ठाँउकी १२ वर्षीया सम्झाना(सीता) कामीको बलात्कारपछि हत्या गरेका थिए।

उनी पक्राउपछि उनले अगाडि गरेका घटनाहरु सार्वजनिक भएका हुन् । अगाडिका बलात्कारका घटना मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२२ असोज २०७७, बिहीवार १५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु