टीकापुर नगरपालिका सिल गर्ने तयारी
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि टीकापुर नगरपालिका सिल गर्ने तयारी गरिएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल गर्ने तयारी भइरहेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए। उनले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिने बताए।
टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए।
२१ असोज २०७७, बुधवार १४:२८ बजे प्रकाशित































