punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Chaupati
safha napa

दाङको तुल्सीपुर उपमहानगरपालिका-८ गहतेखोला नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-६ का २९ वर्षीय वसन्त भण्डारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा गएराती साढे १ बजे मृत्यु भएको प्रहरीले बताएको छ।

मोटरसाइकलमा पछाडि सवार दाङकै दंगीशरण गाउँपालिका-६ का २६ वर्षीय गोविन्द केसी घाइते छन्। उनलाई उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाइएको छ।

गएराति साढे १२ बजे वसन्तले चलाएको रा. ५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

 


२० असोज २०७७, मंगलवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु