सुनको मूल्य आज फेरि बढ्यो
सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चादीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२० असोज २०७७, मंगलवार ११:३३ बजे प्रकाशित































