आजको नेकपा सचिवालय बैठकमा तीन मन्त्रीको नाम टुंगो लगाइने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो । अर्थमन्त्रीको रुपमा ओलीका विश्वासपात्र विष्णु पौडेल नियुक्त हुने अधिक संभावना रहेको छ ।

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने र बुटवलका नेता एवं पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई अर्थमन्त्री बनाउन सहमति भएको बताइन्छ । यसैगरी रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जनार्दन शर्मा र सहरी विकास मन्त्रालयमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न लागिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस  नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित

हिजो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि बैठक बोलाइएको हो । सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् ।

 


२० असोज २०७७, मंगलवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु