punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टेलिकमले ल्याउँदैछ मोबाइल मनी, यस्ता हुनेछन् गजब सुबिधा

Chaupati
safha napa

नेपाल टेलिकमले आगामी पुसभित्र मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्ने सेवा सुरु गर्ने तयारी थालेको छ । मोबाइल मनी सेवा सुरु गर्न आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

प्राविधिक मूल्यांकन सकिएपछि १० दिनभित्र ठेक्काको नतिजा सार्वजनिक गरिनेछ । ‘प्राविधिक मूल्यांकनपछि ठेक्का नतिजा आउँछ र सम्झौता भएको तीन महिनाभित्र काम गर्ने गरी सम्झौता गर्नेछौं,’ उनले भने, ‘पुसभित्र सेवा सुरु गर्ने योजना छ ।’ मोबाइलमा रहेको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने सेवा सुरु गर्न राष्ट्रिय वाणिज्य बैंक र टेलिकमले संयुक्त रूपमा छुट्टै कम्पनी स्थापना गरेका छन् ।

मोबाइल मनी सेवा सुरु गर्न टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले गत माघ १४ मा अनुमति दिएको थियो । त्यसलगत्तै माघ २५ मा एनसेललाई पनि प्राधिकरणले यस्तै खालको सेवा सुरु गर्न अनुमति दिएको थियो ।

भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले टेलिकमलाई अनुमति दिइसकेको छ । राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो ।

अनुमतिपत्रमा भएको सर्तअनुसार टेलिकमले ६ महिनाभित्र सेवा सुरु गर्नै पर्छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकका लागि थप कम्पनीलाई अर्को निर्णय नभएसम्मका लागि अनुमतिपत्र नदिने निर्णय गरेको थियो ।

मोबाइल मनी सुरु गर्न आवश्यक सफ्टवेयर र हार्डवेयर खरिदका लागि टेलिकमले गरेको टेन्डरमा ६ वटा कम्पनीले सहभागिता जनाएका थिए । टेन्डरमा चिनियाँ कम्पनी सेन्जेन किङ्डम, भारतको सिक्सडी, कमभिभा, वाननाइन्टी सेभेन, अमेरिकी कम्पनी पानाम्याक्स र सिमलेस कम्पनी सहभागी थिए ।

आर्थिक प्रस्तावअनुसार सेन्जेन किङ्डमले १३ लाख ३ हजार ६ सय ३१ अमेरिकी डलरमा मोबाइल मनीका लागि सफ्टवेयर र हार्डवेयर जडानको काम गर्ने प्रस्ताव गरेको छ । अर्को वाननाइन्टी सेभेनले १३ लाख ९६ हजार ६ सय ६ अमेरिकी डलरमा काम गर्ने प्रस्ताव गरेको छ ।

अर्को कम्पनी सिक्सडीले १४ लाख १८ हजार २ सय २५ अमेरिकी डलरमा काम गर्ने प्रस्ताव गरेको छ । कमभिभाले १६ लाख ६६ हजार ९ सय ६५ अमेरिकी डलरमा काम गर्ने प्रस्ताव गरेको छ भने पानाम्याक्सले १९ लाख ८५ हजार २९ अमेरिकी डलरमा काम गर्ने प्रस्ताव हालेको छ ।

अहिले डिजिटल भुक्तानीको सेवा दिइरहेका चल्तीका आधा दर्जनभन्दा बढी सेवा प्रदायक भए पनि टेलिकमले ल्याउने मोबाइल मनीको सेवा भने केही फरक हुनेछ । मोबाइल मनी सेवा प्रयोगका लागि प्रयोगकर्ताको बैंक खातासमेत आवश्यक पर्ने छैन । सेवाग्राहीले रिचार्ड कार्ड वा कुनै माध्यमबाट आफ्नो मोबाइलमा ब्यालेन्स हाले पुग्छ । यही ब्यालेन्सले मोबाइलमा कुराकानी गर्न, डेटा चलाउन र कुनै सामान तथा सेवा खरिद गर्दा भुक्तानी गर्नसमेत मिल्छ । कान्तिपुर दैनिक


१२ असोज २०७७, सोमवार ०८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु