कोरोनाबाट एकैदिन थप १० जनाको मृत्यु
नेपालमा आज एकैदिन थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिइएको हो ।
यससँगै मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।
यस्तै, आज देशभर थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधिमा थप ८ सय ८५ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
११ असोज २०७७, आइतवार १७:११ बजे प्रकाशित































