औषधी व्यवस्था विभागले गर्यो थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध
औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित ति स्यानिटाइजरमा मानव स्वास्थ्यलाई असर गर्ने बिषाक्त रसायन भेटिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने रसायन भेटिएकाले थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको विभागले सुचना जारी गरेर जनाएको छ। 
बिभागले प्रतिबन्ध गरेका स्यानिटाइजरमा भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (५०० मिलि) र ५ लिटर रहेका छन्।
यस्तै, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंलो रंगको) र रंगविनाका २ स्यानिटाइजर रहेका छन्।
बिभागले ती स्यानिटाइजर बिक्री बितरण नगर्न सूचना जारी गरेको छ।
१२ असोज २०७७, सोमवार ०९:२८ बजे प्रकाशित































