punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट  सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुष रहेका छ्न । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृतक दुई दिनअघि भारतबाट आएका थिए । उनलाइ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।

मृतकका आफन्तका अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो । यता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो।

हाल मृतकको शव डडेल्धुरा अस्पतालमै राखिएको छ  र नेपाली सेनाले व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ  ।

सुदूरपश्चिम प्रदेशमा यो संगै १६ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।


८ असोज २०७७, बिहीवार ०७:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु