कोरोना संक्रमणबाट पहिलोपटक सरकारी कर्मचारीको मृत्यु
नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपटक सरकारी कर्मचारीको मृत्यु भएको छ ।
कोरोनाबाट जिल्ला प्रशासन कार्यलय सप्तरीक कर्मचारीको गएराति मृत्यु भएको हो ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार ११ दिनअघि उनको स्वाव परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको राजविराजस्थित एक अस्पतालमा मृत्यु भएको हो ।
८ असोज २०७७, बिहीवार ०८:२४ बजे प्रकाशित













