आज पनि ह्वात्तै घट्यो सुनको मूल्य
सुनको मूल्य आज पनि बजारमा ह्वात्तै घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार तीन सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
७ असोज २०७७, बुधवार ११:३६ बजे प्रकाशित













